खर्च बढेपछि नेपाल वेयरहाउजिङ्गको नोक्सानी बढ्यो

Sep 18, 2024 08:38 AM Merolagani



नेपाल वेयरहाउजिङ्ग कम्पनी (NWCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ३० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड १० लाख ५० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेपनि वित्तीय खर्च र ह्रासकट्टी खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २६ लाख ९८ हजार रुपैयाँबाट बढेर १ करोड २७ लाख ७१ हजार रुपैयाँ पुगेको छ। त्यसतै, कम्पनीको कुल आम्दानी ३२ लाख ४६ हजार रुपैयाँबाट बढेर १ करोड ४८ लाख ४८ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ८० लाख ९४ हजार रुपैयाँबाट बढेर ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ र ह्रासकट्टी खर्च १ करोड ५ लाख रुपैयाँबाट बढेर २ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सोही कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १४ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ४६ पैसा रहेको छ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।