एनएमबि म्युचुअल फण्डका दुई बन्दमुखी योजनाहरुको बुकक्लोज मिति तय

Sep 19, 2024 09:14 AM Merolagani



एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजना, एनएमबि फिफ्टी (NMB50) र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन्।

यी दुई फण्डहरुले असोज ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनएमबि ५० ले इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका दरले र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) ले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यी फण्डहरुको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक एनएमबि बैंक लिमिटेड रहेको छ।




comments powered by Disqus

नेप्से पुगेर अर्थमन्त्री पौडेलले भने "३००० पुगेको सूचक किन फेरि २५०० मा आयो जवाफ चाहान्छु"

Sep 18, 2024 04:34 PM

अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।