प्रतिफल वितरण प्रयोजनार्थ ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुकक्लोज मिति तय

Sep 18, 2024 08:24 AM Merolagani



ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ (GIBF1) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज ११ गते, शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

फण्डको कोष प्रबर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ।

 




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।