माण्डु हाइड्रोपावर र दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 15, 2024 10:27 AM Merolagani



भदौ ३० गते, आइतबार, माण्डु हाइड्रोपावर र आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

माण्डु हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र म्युचुअल फण्डहरुले लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात भदौ ३१ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम माण्डु हाइड्रोपावरका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् भने आरबिबि म्युचुअल फण्ड १ र २ का इकाईधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

माण्डु हाइड्रोपावर (MANDU) ले असोज १४ गते, नेपा बैंक्वेट, नयाँ बजार, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको नगद लाभांश प्रचलित कानून बमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले चुक्ता पूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित आरबिबि म्युचुअल फण्ड १ (RMF1) ले इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ (RMF2) ले इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछन्।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।