नेप्से र कारोबार रकम दुबै घट्यो

Sep 29, 2024 03:17 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २२.३६ अंक घटेर २४६४.४० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ४ अर्ब ८४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३२७ स्टकको ५८ हजार ४०१ पटकको कारोबारमा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कुमारी सबल योजनाको मूल्य साढे ६ प्रतिशत बढेको छ भने इंगवा हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयर नकराात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८९ रुपैयाँ ४० पैसा घटेर ८०५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमूल्य साढे ९ प्रतिशत घटेको छ भने अप्पर हेवा खोला हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १५ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको करिब १४ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०३ प्रतिशत बढेको छ। घटेका उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।