निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

Sep 03, 2026 03:09 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको पियाेर इनर्जीकाे शेयरमूल्य यस दिन सर्वाधिक १३.३३ प्रतिशत घटेकाे छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन नौ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।