शुक्रबार नेप्से परिसूचक ८.२३ अंक बढेर २६३४.१७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ७१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४८ स्टकको ३९ हजार २९५ पटकको कारोबारमा ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँबराबरको १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.८२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य करिब साढे १२ प्रतिशत बढेको छ भने शुभम पावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ४.९८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।