दशैंपछिको पहिलो कारोबार दिनमै बजारले देखायाे हरियो झण्डा, के बजारले गति समाएकै हो?

Oct 15, 2024 06:16 PM Merolagani



शेयर बजारले दशैंपछिको पहिलो कारोबार दिनमा नै हरियो झण्डा देखाएको छ । बजार सकारात्मक भएसँगै बजार बढ्न सक्ने सम्भावना देखिएकाे हाे ।

आजको बजारमा तुलनात्मक रुपमा कारोबार रकम भने कम छ । सूचकमा विस्तारै सकारात्मकता आउदै गर्दा कारोबार रकममा पनि वृद्धि हुने आंकलन गर्न थालिएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिदैछ । यस अवस्थामा सूचीकृत कम्पनीहरुको वित्तीय विवरणहरु सार्वजनिक हुने समय नजिकिदैछ ।

विगतको तुलनामा कम्पनीहरुको वित्तीय विवरणहरु सुधार भएर आउने विश्वास लगानीकर्तामा छ । जसले बजार बढ्नका सहयोग गर्नेछ ।

कात्तिक लागेसँगै ब्याजदर थप घट्ने र त्यसको प्रभाव बजारमा सकारात्मक रुपमा पर्ने लगानीकर्ताहरुको आशा छ ।

 




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।