स्याङजाको सुन्तला र पर्यटन प्रवर्द्धन सम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने महासंघका अध्यक्ष ढकालको प्रतिबद्धता

Oct 16, 2024 12:41 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताए ।

उनले भने, "जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।

यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ ।  यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रबाह गर्नुपर्छ ।"

उनले यो डेढ बर्षको अबधिमा लगानी प्रवर्द्धनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफुहरुकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानुन शंशोधन गरेको जानकारी गराए ।

निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्यालगायतका बिषयमा आफुहरु निरन्तर लागिरहेको पनि उनले बताए ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।