यूट्यूबद्धारा दुई दर्जन भन्दा धेरै अपडेट, हुनेछ कैयौं परिवर्तन

Oct 16, 2024 01:36 PM Merolagani



यूट्यूबले दुई दर्जन भन्दा धेरै अपडेट्स गर्ने घोषणा गरेको छ । यी अपडेट्समार्फत् कम्पनीले यूट्यूब प्रयोगकर्ताहरुको हेर्ने अनुभव राम्रो बनाउनका लागि कोशिस गरेको जनाएकाे छ ।

कम्पनीले वेब, मोबाइल, टीभी र यूट्यूब म्यूजिकका लागि अपडेट सार्वजनिक गरेको छ । यसमा फाइन ट्यूनिंग प्लेब्याक स्पीड फिचर दिइएको छ ।

राम्रो तरिकाले गर्न सकिनेछ कन्ट्रोल

यूट्यूबले अपडेट गरेसँगै पहिलेको भन्दा अब यूट्यूबमा धेरै कन्ट्रोल पाइनेछ । तीमध्ये ल्याण्डस्केप मोडमा नेभिगेसन, मोबाइल डिभाइसमा ठुलो टेक्स्ट जस्ता फिचर पाइने भएको छ ।

अब मिनीप्लेयर रिसाइज गर्न पाइने

यससँगै, भ्यूअर्सले मिनी प्लेयरलाई रिसाइज र मूभ गर्न सक्नेछन् । यसबाट राम्ररी मल्टीटास्किंग गर्न सकिनेछ । यसरी बिना कुनै झनझट कैयौं काम गर्न सकिनेछ ।

साथीहरुलाई इन्भाइट गर्न सकिने

यसबाहेक, भ्यूअर्सले साथी तथा परिवारलाई लिंक वा क्यूआर कोडमार्फत् कुनै प्लेलिस्टमा इनभाइट पठाउन सकिनेछ ।

एआईको सहयोग लिन सकिने

यसका साथै, थंबनेल क्रियट गर्नका लागि क्रियट विद एआईको प्रयोग गर्न सकिनेछ । यी सबै अपडेट्स मोबाइल, वेब, टीभी र यूट्यूब म्यूजिकमा पाइनेछ ।

स्लीप टाइमरको फिचर पनि उपलब्ध

अब यूट्रयूबमा प्रयोगकर्ताहरुले स्लीप टाइमरको फिचर पाउनेछन् । यसको सहयोगबाट प्रयोगकर्ताहरुले भिडियो अटोमेटिकली कहिले पज गर्ने भनेर सेट गर्न सक्नेछन् ।

नयाँ इन्टरफेस पनि पाउने

साथै, यूट्यूबले एक रिफ्रेश यूजर इन्टरफेस रिलिज गरेको छ । यसले धेरै सिनेम्याटिक फिल दिनेछ । यसका साथे, एक नयाँ सर्ट्स इन्टरफेस पनि पाउन सकिनेछ ।

के भन्छ कम्पनी ?

कम्पनीका अनुसार वेब र मोबाइलमा रिलिज गरिएको भिजुअल चेन्ज अब छिटै टिभीमा पनि आउनेछ । अपटेडमा ध्यान दिन पनि कम्पनीले प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।