नेप्से सूचक ४३ अंकले बढ्दा साढे ५ अर्बको शेयर कारोबार, हाइड्राेपावरमा बढ्याे आकर्षण

Oct 16, 2024 03:20 PM Merolagani



दशैँपछिको दोस्रो कारोबार दिन पनि नेप्से सूचक उच्च अंकले बढेको छ। मंगलबार ३१ अंकले बढेको बजार बुधबार पनि ४३ अंकले बढेको हो।

बुधबार नेप्से सूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्द्युमा पुगेको छ। यता कारोबार रकम भने अझै पनि उत्साहजनक छैन। बुधबार ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।

यसअघि नेप्से सूचक २७०० माथि हुँदा १५ अर्बभन्दा बढीको कारोबार भइरहेकोमा अहिले कारोबार रकम निकै खुम्चिएको देखिन्छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिन्छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ।

बुधबार विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ। यता गरि स्यांगे हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतल घटेको छ।

यस दिन नेपाल फाइनान्सको सबैभन्दा धेरै १५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४ लाख र एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।