भिभाे वाइ ३०० प्लस ५ जी भारतमा लन्च, ३२ एमपी सेल्फी क्यामरा र ५००० एमएएच ब्याट्री, यति छ मूल्य

Oct 16, 2024 04:48 PM Merolagani



भिभाेले नेपालमा नयाँ फोन लन्च गरेको छ । कम्पनीले भिभाे वाइ ३०० प्लस ५ जी (Vivo Y300 Plus 5G) लन्च गरेको छ। यो फोनमा कम्पनीले कर्भड एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन प्रोसेसर र ठूलो ब्याट्री जस्ता धेरै सुविधाहरू दिएको छ।

भिभाेकाे यो स्मार्टफोनमा ५००० एमएएच ब्याट्री छ । यसले ४४ वाटकाे चार्जिङ सपोर्ट गर्छ। यसमा डुअल रियर क्यामेरा सेटअप दिइएको छ । साथै, कम्पनीले ३२ एमपी सेल्फी क्यामेरा पनि यस फाेनमा दिएको छ।

यी फोनकाे मूल्य र अन्य स्पेसाइलाइजेशन यस्ता छन्:

भिभाे वाइ ३०० प्लस ५ जीकाे मूल्य कति?

भिभाेको यो फोन केवल एक कन्फिगरेसन ८ जीबी -याम र १२८ जीबी स्टाेरेजमा आउँछ। यस भेरियन्टको मूल्य २३,९९९ भारतीय रुपैयाँ छ। यो स्मार्टफोन भारतमा सिल्क ब्ल्याक र सिल्क ग्रीन कलरमा भिभाे इंडियाको आधिकारिक स्टोरबाट किन्न सकिने कम्पनीले जनाएकाे छ।

यसमा कम्पनीले तत्काल १००० भारूसम्मको बैंक छुट दिने भएको छ। यो अफर एचडीएफसी बैंक, एसबीआई र आईसीआईसीआई बैंक कार्डहरूमा उपलब्ध छ। उपभोक्ताले यो फोन बिना लागत ईएमआईमा पनि किन्न सकिने कम्पनीले जनाएकाे छ।

के छन् विशेषता ?

भिभाे वाइ ३०० प्लस ५जीमा ६.७८ इन्चकाे कर्भ्ड एमाेलेड डिस्प्ले छ । याे १२० हर्जकाे रिफ्रेस रेट सपोर्टको साथ आउँछ। फाेनकाे स्क्रिनले १३०० निट्सको पीक ब्राइटनेस समर्थन गर्दछ। एड्रेनाे ६१९ जीपीयूसँग आउने स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन प्रोसेसर छ।

एन्माड्राेइड १४मा आधारित यस फोनमा फनटच ओएस उपलब्ध छ। यसमा ८ जीबी -याम र १२८ जीबी स्टोरेज छ। माइक्रो एसडी कार्डको सहायताले यस फाेनमा १ टिबीसम्म स्टाेरेज गर्न सकिनेछ। स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप छ, जसको प्राथमिक लेन्स ५० एमपी हो।

यस बाहेक, २ एमपी सेकेन्डरी क्यामरा उपलब्ध छ। यससँगै, कम्पनीले ३२ एमपी सेल्फी क्यामेरा दिएकाे छ। यसमा ४४ वाटकाे ५००० एमएएच ब्याट्री उपलब्ध छ। यस डुअल फाइभजी सपोर्ट, ब्लुटुथ ५.१, वाइफाइ, जीपीएसको सुविधा रहेको छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।