यसकारण बढ्यो बजारमा उत्साह, बढाइलाई निरन्तरताको सम्भावना कति ?

Oct 16, 2024 05:58 PM Merolagani



बजारले बढ्दो क्रमलाई निरन्तरता दिएको छ । दशैंपछिका दुवै कारोबार दिन नै बजारले दोहोरो अंककाे वृद्धि सहित सकारात्मक लय समाएको हो ।

बुधबारको बजार ४३.२२ विन्दुले बढेर २७४२.८८ अंकमा पुगेको छ । यस दिन ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका सबै समूहका सूचक बढेका छन् । यसले बजार बढ्ने राम्रो संकेत देखाएको लागानीकर्ताहरुको बुझाई छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । ब्याजदर निरन्तर घट्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको कतिपयकाे भनाइ छ । बैंकहरुमा रहेको अधिक तरलताले लगानीकर्ता आकर्षित हुन पुगेका हुन् ।

अर्कोतर्फ कम्पनीहरुको पहिलो त्रैमासिक वित्तीय अवस्था सुधारउन्मुख आउनेमा पनि आशावादी भएको पाइन्छ । यसले बजारलाई अझै दरिलो बनाउँदै बजार बढ्नेमा विश्वास गर्न सकिन्छ ।

 

 

 

 




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।