शिवम् होल्डिङस् लिमिटेडले पारित गर्यो ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव

Oct 16, 2024 07:06 PM Merolagani



शिवम् सिमेन्ट्स लिमिटेड(SHHL)को करिव ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङस् लिमिटेडले आ. व. २०८०।०८१ को बार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले कम्पनीमा हाल कायम शेयर धनीहरुलाई ११ कराेड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

यसका साथै, शिवम् होल्डिङसका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको बार्षिक साधारण सभाले आ. व. २०८०।०८१ को बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गरेकाे छ । कम्पनीको आ. व. २०८१।०८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

शिवम् हाेल्डिङ्स लिमिटेड कम्पनीले नेपाल कै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनीयाँ विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होड.शी शिवम्सिमेन्ट प्रा. लि. को उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडी बढाइएको छ । त्यसैगरी, यस शिवम् हाेल्डिङ्सले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरु सर्व साधारणहरुलाई नेपाल धितोपत्र वोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गरिसकेकाे छ । नेपाल धितोपत्र वोर्डको स्वीकृति प्राप्त भए पश्चात नियमानुसार सर्व साधारणमा सार्वजनिक निष्काशन मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरुमा समेत लगानी गर्ने विषयमा कम्पनी सञ्चालक समिति र व्यवस्थापन पक्ष लागि रहेको जानकारी कम्पनीले दिएकाे छ ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।