सुनको मूल्य पुनः नयाँ उचाईमा

Oct 17, 2024 11:01 AM Merolagani



कात्तिक १ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यले आज दोस्रो दिन पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हाे ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य  हालसम्मकै उच्च हो। बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्यलाई ब्रेक गर्दै सुनको मूल्यले आज निरन्तर दोस्रो दिन नयाँ उचाई बनाएको हो ।

त्यस्तै, यस दिन चाँदी मूल्य स्थिर रहेको छ । बुधबारको बजारमा कायम मूल्यमा नै चाँदीको खरिदबिक्री भएको हो । चाँदीको मूल्य प्रतिताेला एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । 




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।