समस्याग्रस्त सहकारीको दायित्व फरफारक १५ दिनभित्र गरिसक्नु पर्ने, समयमा दायित्व फरफारक नगरे कारवाही हुने

Oct 17, 2024 11:48 AM Merolagani



समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी गरेको छ । समिति कार्यालयले सम्रस्याग्रस्त १८ वटा सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न भनिएको हो ।

समितिले यसअघि पटक–पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले समय तोकिएको उल्लेख गरेको छ । कार्यालयले १५ दिने सूचना प्रकाशित गर्दै दायित्व फरफारक नगरे कानुन अनुसार प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ ।

 तोकिएको समयभित्र दायित्व बुझाउन नआएमा निज ऋणी र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने कार्यालयले जनाएको छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।