योगा महोत्सव २०२४ सम्पन्न

Oct 17, 2024 01:15 PM MeroLagani



होटल संघ नेपाल, होटल संघ नेपाल गण्डकी प्रदेश, होटल संघ पोखरा नेपाल र पूर्ण योगा रिट्रिट सेन्टरको संयुक्त आयोजनामा असोज ३० गते बुधबार याेगा महाेत्सव २०२४ सम्पन्न भएकाे छ।

उक्त अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले स्वागत गर्दै मुलुकमा योगा पर्यटनको सम्भावनालाई यस कार्यक्रमबाट ठूलाे टेवा पुग्ने बताए। उनले मुलुकमा सभा सम्मेलन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा याेगा र ट्रेकिङ र ट्राभलका लागि नेपाल आउने पर्यटकलाई लक्षित गर्दै कार्यक्रम आयाेजना गरिएकाे बताए।

पोखरास्थित पूर्ण योगा रिट्रिट सेन्टरमा आयोजित उक्त कार्यक्रममा विदेशबाट आएका ख्यातिप्राप्त ३०औं वर्षदेखि नेपाली धून र संगीतमा अविरल लागेका नेपाली कलाकार ग्रामी नोमिनेटेड मनोज सिंले बाँसुरीको धून प्रस्तुत गरे भने विभिन्न मुलुकमा नेपालको मौलिक नृत्य प्रस्तुत गर्दै आएका ख्यातिप्राप्त प्रज्वलरत्न वज्राचार्यले चैर्य नृत्य प्रस्तुत गरे ।

त्यसैगरी लिना मालाकारले क्लासिकल डान्स, मनोहर श्रेष्ठले योगा अभ्यास र साउन्ड थेरापी गरेका थिए । कार्यक्रममा पोखरा वडा नं. १८ का अध्यक्ष शिवप्रसाद तिमल्सिना, केन्द्रीय सदस्य भरतराज पराजुली, गण्डकी हानका अध्यक्ष हरिशर्मा गैरे तथा पदाधिकारीहरु, क्षेत्रीय संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा टानका अध्यक्ष कृष्ण आचार्य, पोखरा नाट्टाका अध्यक्ष किशोर दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका साथै ६० भन्दा बढी होटल प्रतिनिधिहरुको उपस्थिति रहको थियो । कार्यक्रमको तालिका चार दिनको रहेता पनि विशेष कारणले गर्दा एक दिनमा सम्पन्न गर्नुपरेको होटल संघ नेपालले जनाएको छ ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।