बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

Oct 17, 2024 04:54 PM Merolagani



बंगलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जुलाईदेखि अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएकाे हाे।

बिहीबार न्यायाधिकरणका अध्यक्ष मो. गुलाम मुर्तजाको अध्यक्षताको इजलासले यस्तो आदेश दिएको हो । पछि न्यायाधिकरणका प्रमुख सरकारी वकिल ताजुल इस्लामले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटीओ) ले शेख हसिना र ओबैदुल कादरसहित ४६ जनाविरुद्ध दुई छुट्टाछुट्टै निवेदनको सन्दर्भमा पक्राउ पुर्जी जारी गरेको हो। उनलाई नोभेम्बर १८ अघि न्यायाधिकरणमा उपस्थित हुन आदेश दिइएको छ ।

विद्यार्थी आन्दोलन र आन्दोलनका कारण गत अगस्ट ५ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतमै बस्दै आएकी छिन् ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।