लगानीकर्ताहरु नाफा सुरक्षित गर्न सकृय भएका हुन ?

Oct 17, 2024 06:27 PM Merolagani



साताकाे पछिल्ला कारोबार दिन नेप्से सूचक बढेको छ । बिहीबारको बजार सामान्य अंकले सकारात्मक भयो । आज नेप्से सूचक २.४७ विन्दुले बढेर २७४५.३६ अंकमा पुगेको छ भने ७ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आजको बजारमा काराेबारकाे सुरुवाती चरणमा उत्साहप्रद रहेकोमा अन्तिम समयमा आएर एकाएक बिक्री दबाव पर्यो । पछिल्ला केही कारोबार दिन बजार निरन्तर बढ्दा आजको बजारमा नाफा सुरक्षित गर्नेहरु सकृय भएको अनुमान लगानीकर्ताहरुले गरेका छन् ।

समग्रमा हेर्दा बजारको माहोल सकारात्मक छ । बैंकको ब्याजदर निरन्तर घट्दै छ । कर्जाकै ब्याजदर एकल अंकमा झरेको छ । यसले बजारमा पूँजी भित्रनको लागि बलियो टेवा पुर्याउने अनुमान लगानीकर्ता रमेश ढुङ्गानाले गरेका छन् । शेयर बजार जोखिमपूर्ण क्षेत्र हो । यो क्षेत्र सँग सरोकार राख्ने सबै पक्ष सचेत हुनपर्ने उनको बुझाई छ । शेयर बजारसँग सम्बन्धित नीति निमार्ण गर्दा सरकारले स्थिर नीति अवलम्वन गर्नुपर्ने र लगानीकर्ता स्वंयम अध्ययनशिल भएर लगानी गर्नु पर्नेमा ढुङ्गानाको जोड छ ।

 

 

 

 




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।