ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

Oct 17, 2024 05:24 PM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड(GBIME)का ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रा.लिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंककाे सेवाहरू मुलुकमा ७७ वटै जिल्लामा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रहरूमार्फत् संचालनमा रहेका छन् ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।