एउटै भैंसीकाे साढे ३६ करोड, के भन्छ विज्ञान ?

Oct 17, 2024 06:31 PM Merolagani



भारतमा यतिबेला सिरसाका पलविन्दर सिंहको बहुमूल्य भैंसीको माग बढेकाे छ । याे भैँसीकाे माग यतिसम्म बढेकाे छ कि बाेली २३ करोड भारुसम्म अर्थात नेपाली रुपैयाँ ३६ कराेड पुगेको छ । तर पलविन्दर सिंह भने भैँसी बेच्न तयार छैनन्। 

याे विषय एउटा भैँसीको मात्र कुरा होइन । कुनै पनि प्रजातिका जीवहरूमध्ये कुनै एक जीव वा त्यसको कुनै पनि उप-प्रजाति राम्रो हुँदा त्यसको माग बढी हुन्छ। मुर्रा भैंसीको पनि अवस्था त्यस्तै छ।

सामान्यतया, मुर्रा भैंसीको मूल्य ८० हजारदेखि एक लाख ६० हजार रुपैयाँसम्म हुन्छ । तर अनमोललाई दिइएको मूल्य भने यसभन्दा निकै महँगो छ । यसको अर्थ यो भैंसीमा केहि यस्ताे विशेष हुनुपर्छ। यसबारे विज्ञानले के भन्छ?

किन मुर्रा भैंसी वा भैंसीको माग बढी छ?

दूधकाे गुणस्तर राम्रो

मुर्रा भैंसीले दिनमा २० देखि २५ लिटर दूध दिन्छ। यसमा साढे ६ देखि ७ प्रतिशत फ्याट हुन्छ । यसको अर्थ धेरै क्रीम याे दूधमा पाइन्छ। अधिक क्रीम भनेको अधिक घिउ हो। यसबाहेक, मुर्रा भैंसीको दूध दिने अवधि अर्थात् दूध दिने कुल दिन अन्य भैंसीको तुलनामा बढी हुन्छ। यी भैँसीहरूले ३०० देखि ३२० दिनसम्म दूध दिन्छन्। दूधको गुणस्तर पनि राम्रो हुन्छ। यसमा प्रोटिन, क्याल्सियम र फस्फोरस बढी पाइन्छ ।

उच्च स्तरको प्रजनन

मुर्रा भैंसीको आनुवंशिक बनावट धेरै बलियो हुन्छ। राम्रो जेनेटिक मेकअपका कारण उनीहरुको सन्तान पनि स्वस्थ र बलियो हुने गर्दछन् । तिनीहरूको काल्भिङ इंटरभल ४०० देखि ४५० दिनकाे हो। साधारण भैंसीको तुलनामा यीनीहरूकाे रोग प्रतिरोधात्मक क्षमता पनि धेरै हुन्छ।

यस्तो छ बैज्ञानिक कारण, अब जानौँ अन्य कारण

आर्थिक लाभ

धेरै दूध उपलब्ध हुँदा अन्य उत्पादन पनि धेरै हुन्छ । यसले थप आर्थिक लाभ ल्याउँछ। दूध बेचेर मात्रै धेरै पैसा कमाउन सकिन्छ । तिनीहरूको स्याहारसुसार पनि कम गर्नुपर्छ। अन्य जातका भैंसीको तुलनामा तिनीहरूको रेखदेख कम गर्दा हुन्छ। तर उनीहरुको हेरचाह गर्न उनीहरुका मालिकले के कस्तो सुविधाको व्यवस्था गर्छन् त्यो भने फरक कुरा हो । तिनीहरूको जीवन अवधि १५ देखि २० वर्षकाे हुन्छ। जुन अन्य भैंसीको तुलनामा बढी हो ।

 

यो जातको भैंसी कहाँ पाइन्छ ?

याे भैँसी नेपाल, भारत, अजरबैजान, ब्राजिल, कोलम्बिया, चीन, इक्वेडर, ग्वाटेमाला, इन्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, श्रीलंका, भियतनाम र भेनेजुएलामा पाइन्छ । सामान्यतया, एउटा भाले मुर्रा भैंसीको तौल ७५० केजी र पोथी ६५० केजी हुन्छ। यसकाे उचाई ४.७ देखि ४.९ फिटसम्म हुन्छ। यसकाे रंग कालो मात्र हुने गर्छ।

बजारको माग र सांस्कृतिक महत्व

दुग्धजन्य पदार्थको मागका कारण मुर्राह भैंसीको दूधको माग बढी छ । भारत, पाकिस्तान, चीन, दक्षिण–पूर्वी एसिया, मध्य–पूर्वमा यी भैँसीको माग धेरै छ । भारतकाे पञ्जाब, हरियाणा र उत्तर प्रदेशमा यी भैंसी पाल्नु सांस्कृतिक र सामाजिक प्रतिष्ठाको विषय मानिन्छ। भनिन्छ, जसको यहाँ मुर्रा हुन्छ त्यसको अर्थ आर्थिक अवस्था बलियो हुन्छ ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।