खुद ब्याज आम्दानीसँगै घट्यो हिमालयन बैंकको खुद नाफा

Oct 23, 2024 05:38 AM Merolagani



हिमालयन बैंक लिमिटेड (HBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र गैर सञ्चालन खर्च बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २२.८८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.६८ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.२२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २०.२२ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण सञ्चालन मुनाफा बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ९ पैसा घटेर १३ रुपैयाँ ४२ पैसामा झरेकाे छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६५ गुणा रहेको छ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ४.४३ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप १०.९५ प्रतिशत बढेको छ भने कर्जा तथा सापटी १.५७ प्रतिशत घटेको छ।




comments powered by Disqus

एक्कासी किन गयो शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो ? कारण यस्तो छ

Oct 21, 2024 05:59 AM

साताको पहिलो दिन आइतबार शेयर बजारमा झण्डै हाफ सेन्चुरीको पहिरो गयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ४७.४४ अंकले घटेर २६९७.९१ अंकमा ओर्लिएर बन्द भयो। जुन १.७२ प्रतिशतको गिरावट हो।