प्रि ओपन सेसन अपडेटः करिब साढे ९ अंक बढ्यो नेप्से

Oct 23, 2024 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ९ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २५.८८ अंक बढेर २६६५.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.३९ अंक बढेर २६७५.२० विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.११ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५५ स्टकको १८० पटकको कारोबारमा १ करोड ६३ लाख ८८ हजार ६४ रुपैयाँ २० पैसाबराबरको ३५ हजार ७७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus