गत साता करिब साढे ४ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Oct 27, 2024 06:12 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेको छ। अघिल्लो साता २७४५.३६ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.३१ प्रतिशत अर्थात ११८.२२ अंक घटेर २६२७.१४ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनका लागि खुलेको बजारमा ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो। सो साताको मंगलबार नेप्से परिसूचक करिब २६ अंक बढेको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

मेरोलगानी एआई चार्ट अनुसार हाल नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७६० देखि २८१० सम्म रहेको छ। त्यस्तै, आगामी दिनमा नेप्से अझै ओरालो लागेमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मारुबोजु मैनबत्ती बनाएको छ। त्यस्तै, साताका अन्तिम दुई कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको थियो। यसले ती कारोबार दिन र गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्से घटेपनि भोल्यूम भने बलियो देखिएको छ। गत साता नेप्सेको दैनिक औषत भोल्यूम ५ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम भने ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ८.३१ प्रतिशत बढी हो।

बियरिश क्रशओभर बन्ने सम्भावना

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी घटेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले बजार घट्ने संकेत गर्दछ। त्यस्तै, हिस्टोग्रामको उचाई पनि घट्दो क्रममा रहेको छ।

बिक्रीचाप बढी

गत साताको अन्तिम कारोबार दिन नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनबाट ओभरसोल्ड जोनमा झरेको छ। यसले सो साता बजारमा खरिदचापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।