प्रि ओपन सेसन अपडेटः करिब ३ अंक बढ्यो नेप्से

Oct 28, 2024 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९५ अंक बढेर २६२०.९० विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४५ स्टकको ८५ पटकको कारोबारमा २३ लाख ९३ हजार २२५ रुपैयाँ बराबरको ३ हजार ५०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus