प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

Oct 29, 2024 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २७.४१ अंक बढेर २६४५.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ अंक बढेर २६४८.३६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३८ स्टकको ७४ पटकको कारोबारमा २८ लाख ५१ हजार ३३३ रुपैयाँ ९० पैसाबराबरको ३ हजार ४९४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।