आर्थिक गतिविधि सुस्त हुँदा घट्यो बीमाको दायरा

Oct 29, 2024 05:36 PM MeroLagani



बीमाको दायरा घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकले बीमाको दायरा घटेको देखाएको हो ।

गत बर्षको तुलनामा बीमाको दायरा शून्य दशमलब ५८ प्रतिशतले घटेर ४२.८४ प्रतिशतमा झरेको बीमा प्राधिकरणको तथ्यांकमा छ । गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४३.४२ प्रतिशत रहेको थियो । आर्थिक मन्दी र देशको प्रतिकुल अवस्थाको कारण बीमा कम्पनीहरु दायरा संकुचित हुन पुगेको हो ।

समीक्षा अवधिमा म्यादी र लघु म्यादी जीवन बीमा लेख १९.६७ प्रतिशतले जीवन बीमालेख संख्या १.२५ प्रतिशतले घट्दा वैदेशिक रोजगार बीमालेख संख्या भने ४५ दशमलब ६७ प्रतिशतले बढेको छ। त्यसैगरी प्रथम बीमा शुल्क संकलनमा २४.६४ प्रतिशतको वृद्धि देखिए पनि नवीकरण जीवन बीमा शुल्क ३.४० प्रतिशतले घटेको छ । यसले नयाँ जीवन बीमा गर्ने व्यक्तिहरु केही बढे पनि आर्थिक अवस्था खस्किँदा पहिल्यै जीवन बीमा गरेकाहरुले विस्तारै आफ्नो बीमा सरेन्डर गर्दा नवीकरण गर्नेहरु घटेका हुन । एक जीवन कम्पनी कर्मचारीका अनुसार बीमा एजेन्टहरुले आफ्नो फाइदाको लागि विभिन्न प्रलोभनमा बीमा गराएपछि आर्थिक गतिविधि सुस्त भएको बेला बीमा प्रिमियम तिर्न नसकेपछि धेरैले सरेन्डर गरेका कारण नवीकरण गर्नेहरु घटेका हुन यद्यपि समग्र जीवन बीमा शुल्क र निर्जीवन बीमा शुल्क भने बढेको देखिन्छ ।

बीमाको दायरा घटेपनि कम्पनीहरुको कार्यालय संख्या भने बढेको छ । पछिल्लो एक वर्षमा बीमा कम्पनीको शाखाहरु १.८८ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ९९८ वटा रहेको छ । गत आवको सोहि अवधिमा बीमा कम्पनीहरुको कार्यालय २ हजार ८२५ वटा थियो ।

यता, बीमा क्षेत्रमा काम गर्ने कर्मचारीको संख्या २.५३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोज महिनासम्म बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या ११ हजार ७९९ जना रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा कर्मचारीहरुको संख्या ११ हजार ५०८ थियो । यसअवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी संख्या ५ हजार ९३४ जना र जीवन बीमामा ५ हजार ८६५ जना कर्मचारी रहेका छन् ।





राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।