निफ्राले लाभांश वितरण नगर्ने

Oct 30, 2024 10:21 AM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्षको बैंकले १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद नाफा कमाएको थियो।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।