किन बढ्न थाल्यो बीमा समूह? के बैंक वित्तीय संस्थाले शेयर खरिद गर्न थालेका हुन्?

Nov 06, 2024 06:07 AM Merolagani



तिहार बिदा अघि र लगत्तै खुलेको बजारमा बीमा समूहमा आकर्षण देखिएको छ। तिहार पछि खुलेको बजारमा बीमा समूहमा आकर्षण देखियो।

मंगलबार सबैजसो उपसमूहको सूचक घट्दै गर्दा बीमाको भने बढ्यो। बीमा समूहमा पनि निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखियो। मंगलबार समग्र नेप्से सूचक ०.२१ अंकले घटेर २६७७.४० अंकमा ओर्लिदा बीमा समूहको सूचक भने बढेर बन्द भयाे। निर्जीवन बीमा समूहमा १.०६ प्रतिशतले बढ्दा जीवन बीमा समूह ०.३९ प्रतिशतले बढ्यो।

तिहार अघिदेखि नै बीमा समूह बढ्ने प्रयासमा थिए। बिस्तारै संस्थागत र ठूला लगानीकर्ता बजार प्रवेश गर्न थाले सँगै बीमा समूहमा आकर्षण देखिएको बताइएको छ। संस्थागत तर्फ बैंक वित्तीय संस्थाले खरिद बढाउँदा बीमा समूहमा अलि बढी आकर्षण देखिएको हो। “यति बेला ठूला र संस्थागत लगानीकर्ता अलि बढी एक्टिभ देखिएका छन्। त्यसमा पनि बैंक वित्तीय संस्थाले बैंक कै शेयर किन्न नपाउने भएकोले पनि उनीहरूले बीमा कम्पनीका शेयर बढी किनिरहेका छन्। त्यसमा जीवन र निर्जीवन दुवै बीमा कम्पनीका शेयर किनिरहेका कारण बीमा समूहमा अलि बढी चार्म देखिएको हो,” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।

चाडबाड सकिएपछि संस्थागत लगानीकर्ताको खरिद चाप अलि बढ्न थालेको छ। बिस्तारै शेयर बजार बढ्दो लयमा जाने आंकलन गर्दै उनीहरूले शेयर सङ्कलन सुरु गर्न थालेको हुन्। संस्थागत सँगै ठुला लगानीकर्ताको समेत यति बेल सक्रियता बढेको छ। बैंक वित्तीय संस्थाबाट ऋण लिएर उनीहरूले शेयर बजारमा लगानी बढाउन थालेका छन्। केन्द्रीय बैंकको मासिक विवरणमा समेत शेयर ऋण बढेको देखिन्छ। त्यसमा पनि वाणिज्य बैंकहरुले सबैभन्दा बढी शेयरमा ऋण प्रवाह गरेका छन्। सबैभन्दा धेरै मार्जिन कर्जा उपलब्ध गराउने बैंकमा नेपाल बैंक छ।

ब्याजदर सस्तो हुँदै गएपछि कर्जाको माग त्यति धेरै नहुनुले पनि मार्जिन कर्जा बढेको हो। बैंकहरुलाई सबैभन्दा सहज कर्जा पनि मार्जिन कर्जा नै हुने गर्छ। धितोको रुपमा शेयर हुने र शेयर बजार घट्दा मार्जिन कल गर्न पाउनु र मासिक व्याज सहज रूपले उठ्नुले पनि बैंकहरु मार्जिन कर्जा प्रवाहमा अलि बढी नै उदार देखिने गर्छन्। यता शेयर बजार घटेको अवस्था र केन्द्रीय बैंकले मार्जिन कर्जामा सहज नीति लिएको कारण पनि अरू तर्फको कर्जामा खासै आकर्षण नदेखिए पनि मार्जिन कर्जामा भने आकर्षण देखिएको बताइएको छ।

केन्द्रीय बैंकले मार्जिन कर्जामा खुकुलो नीति लिए सँगै कर्जा माग गर्ने बढेको बैंकरहरु बताउँछन्। राष्ट्र बैंकको नीति कै कारण मार्जिन कर्जाको माग बढेको बैंकरहरुको ठहर छ।

मार्जिन कर्जाको माग बढे सँगै दोस्रो बजारमा शेयरको माग समेत बढ्दै गएको छ। शेयरको माग बढ्दै गएकै कारण दैनिक कारोबार रकम समेत बढेको छ। यस अघि दैनिक कारोबार रकम २ अर्बसम्म हुने गरेकोमा अहिले त्यो बढेर ४ अर्ब नाघ्ने गरेको छ। अझै गत साउनमा एक दिनमै ३० अर्ब सम्मको कारोबार भइसकेको छ। लगानीकर्ताको आकर्षण र कर्जा दुवै बढेका कारण कारोबार रकम बढेको हो।




comments powered by Disqus

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य पनि घट्यो

Nov 05, 2024 10:49 AM

कात्तिक २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ। यस दिन सुनसँगै चाँदीको मूल्य पनि घटेको छ।