उनको सचिवालयका अनुसार उनको रगत परीक्षणका लागि अस्पतालकाे ल्याब पठाइएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएपछि उनी बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।
बिरामी भएकै कारण प्रधानमन्त्रीले आज अत्यावश्यक भेट मात्र गरेका छन् । यसबाहेकका अन्य भेटघाट भने उनले गरेका छैनन् ।