दुई कम्पनीको शेयरमूल्य समायोजन

Nov 06, 2024 06:25 AM Merolagani



कात्तिक २१ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन बलेफी हाइड्रोपावरको १०० प्रतिशत र लिबर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात बलेफी हाइड्रोपावरको शेयरमूल्य ३०६ रुपैयाँ ६० पैसा कायम भएको छ भने लिबर्टीको २१७ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा बलेफीकोा शेयर प्रतिकित्ता ५१३ रुपैयाँ २० पैसा र लिबर्टीको शेयर प्रतिकित्ता २७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

बलेफी हाइड्रोपावर (BHL) ले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

त्यस्तै, लिबर्टी इनर्जी (LEC) ले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।