बैंकले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ। यस अुनसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।