नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Nov 24, 2024 03:09 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १३.०३ अंक घटेर २६६७.४० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ८ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ७६ हजार ४१८ पटकको कारोबारमा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने १० प्रतिशत नबिल डिबेञ्चर २०८२ को मूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ। यस दिन महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ६ प्रतिशत घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ६० करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको ४० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको ३६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६३ प्रतिशत घटेको छ।




comments powered by Disqus

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्यमा भारि गिरावट

Nov 25, 2024 10:42 AM

मंसिर १० गते, सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट भएको छ । यस दिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ताेलामा ११५ रुपैयाँ घटेकाे छ ।