आजसम्म कायम शेयरधनीले ङादी ग्रुपको हकप्रदमा आवेदन दिन सक्ने

Dec 02, 2024 06:54 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL@) ले निष्काशन गर्ने हकप्रद शेयरमा आज (मंसिर १७ गते) सम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर १८ गते बुकक्लोज गर्दैछ।

यस अनुसार कम्पनीको हकप्रद शेयरमा आजसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमाा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।