आजसम्म कायम शेयरधनीले ङादी ग्रुपको हकप्रदमा आवेदन दिन सक्ने

Dec 02, 2024 06:54 AM Merolagani



ङादी ग्रुप पावर लिमिटेड (NGPL@) ले निष्काशन गर्ने हकप्रद शेयरमा आज (मंसिर १७ गते) सम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले भोली अर्थात मंसिर १८ गते बुकक्लोज गर्दैछ।

यस अनुसार कम्पनीको हकप्रद शेयरमा आजसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमाा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।