गत साता ३ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Dec 22, 2024 06:23 AM Merolagani



गत साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढी घटेर बन्द भएको थियो। अघिल्लो साता २६८२.२९ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.१९ प्रतिशत अर्थात ८५.४७ अंक घटेर २५९६.८२ विन्दुमा झरेको हो।

गत साता ४ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको थियो। सो साताको मंगलबार नेप्से सामान्य अंक बढेको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

हाल नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। नेप्सेले गत साता २७३० देखि २७८० को क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेको हो। हाल नेप्से प्रतिरोध क्षेत्र सोही रहेको छ। आगामी दिन नेप्सेले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएमा २४४० देखि २५३० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

साताको अन्तिम कारोबार दिन नेप्सेले बियरिश मोरुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि नेप्सेले रातो मैनबत्ती नै बनाएको छ। यसले गत साताको अन्तिम कारोबार दिन र गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता भोल्यूम पनि कमजोर नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ८३ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३१.४८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यसका साथै यी दुबै रेखाहरु नकारात्मक क्षेत्रमा रहेका छन्। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।