टेवा क्षेत्र नजिक
यस साता लघुवित्तको शेयरमूल्यले घटेर टेवा क्षेत्र नजिक पुगेको छ। हाल लघुवित्तको टेवा क्षेत्र १५२५ देखि १५७५ सम्म रहेको छ। आगामी साता लघुवित्तको शेयरमूल्यले सो क्षेत्रमा टेवा पाएर उकालो लागेमा १७६० देखि १८२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
रिभर्सलको संकेत
साप्ताहिक रुपमा लघुवित्तको शेयरमूल्यले यस साता इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यो एक रिभर्सलको संकेत हो। अर्थात यसले आगामी साता लघुवित्तको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन भने लघुवित्तको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले सो दिन लघुवित्तको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
बलियो भोल्यूम
यस साता लघुवित्तको शेयरमूल्य घटेपनि भोल्यूम भने बढेको छ। यस साता लघुवित्तको दैनिक औषतमा ९ हजार ६७.५० कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम ४ हजार ३३३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा लघुवित्तको गत साताको दैनिक औषत भोल्यूम १०९.२६ प्रतिशत बढी हो।
बुलिश प्रवृत्ति
यस साता लघुवित्तको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यसका साथै यी दुबै रेखा र हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता लघुवित्तको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तलतर्फ लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले लघुवित्तको शेयरमूल्य घट्ने संकेत गर्नेछ।
खरिदबिक्री चाप सन्तुलनमा
यस साता लघुवित्तको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले १ करोड २४ लाख ६८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त २ करोड ९ लाख ७२ हजार रुपैयाँ नोक्सानीमा थियो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको नोक्सानी घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड १५ लाख रुपैयाँबाट बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चाल आम्दानी भने १ करोड ७७ लाख रुपैयाँबाट घटेर ६३ लाख ४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै, लघुवित्तको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ६८ लाख रुपैयाँबाट घटेर २९ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा २ करोड ९ लाख ऋणात्मकबाट १ करोड २४ लाख ऋणात्मक भएको छ।
चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको लघुवित्तको रिटेन्ड अर्निङ्ग २ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडामा ७ करोड ६१ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्ममा लघुवित्तले ७८ करोड ६३ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ७८ करोड ७२ लाख रुपैयाँ सापटीबाट २ अर्ब २४ करोड ९१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
पहिलो त्रैमाससम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ४७ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १० पैसा छ। साताको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको प्राइस टु बुकभ्यालु रेशियो ११.६५ गुणा रहेको छ।
आधारभूत विश्लेषण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको १३ लाख ३१ हजार कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य १ हजार ४४४ रुपैयाँ ४६ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य १ हजार ८७० रुपैयाँ रहेको छ भने न्यून मूल्य ७५१ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण २ अर्ब १७ करोड २४ लाख ५८ हजार २०० रुपैयाँ रहेको छ।
ब्रोकर ४९ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ४९ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको २ हजार ४९० कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर २५ ले लघुवित्तको २ हजार ३६६ कित्ता शेयर खरिद गरेको छ भने ८८ ले २ हजार २४० कित्ता शेयर खरिद गरेको छ। लघुवित्तको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर १७ रहेको छ। यस साता सो ब्रोकरले लघुवित्तको ६ हजार १८ कित्ता शेयर बिक्री गरको छ।
मूल्य बढ्ने अपेक्षा कम हुँदै
फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले ग्रीड जोनबाट बिस्तारै न्यूट्रल जोनतर्फ झरेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ लघुवित्तको शेयर अझै मूल्य बढ्छ भन्ने अपेक्षा पहिलेको तुलनामा केही घटेको संकेत गर्दछ।
(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)