बिग्रेको आलु जसरी पनि खान्छु, मलाई मर्नसँग चिन्ता छैन् भन्ने लगानीकर्तासँग लगानी सम्बन्धी विवेक छैन भन्ने बुझ्नुपर्छः पूँजी बजार विज्ञ भट्टसँगको अन्तरवार्ता

Jan 10, 2025 05:44 PM Merolagani



नेपालको पूँजी बजारमा कम्पनीहरुको शेयरको मात्रै कारोबार हुने गरेको छ । पूँजी बजारसँग अन्य उपकरणहरु बजारमा ल्याउनको लागि अध्ययन गरिएको भएतापनि कार्यान्वयनमा आउन सकिरहेका छैनन ।

दोस्रो बजारमा लगानी गर्न इच्छुकहरुको लागि प्रर्याप्त विकल्प औजार बजारले दिलाउन नसकेको लगानीकर्ताहरुको गुनासो रहेको छ । जसले गर्दा नेप्से बुल एण्ड वियरको लामो समय अन्तरालको समयचक्रलाई लिएर चल्ने गरेको हुन्छ । यस्तो कारोबार शैलीमा बजारका लगानीकर्ताले बढ्दा मात्रै कमाउने घट्दा अवसरको रुपमा लिन सकिरहेका छैनन। त्यसैले पूँजी बजारका अन्य उपकरण पनि ल्याउन पर्ने राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक तथा पूँजी बजार विज्ञ गोपालप्रसाद भट्टको धारणा छ । भट्टसँग सुधा देवकोटाले गरेको कुराकारीः

पछिल्लो समयको शेयर बजारलाई कसरी हेर्नु भएको छ ?

शेयर बजारलाई नेप्से सूचकबाट मापन गरिन्छ । नेप्से सूचक अहिले २६ सयदेखि २७ सयको वरपर घुमेको छ । बजार १८ सयबाट बढेर यो विन्दुमा पुगेको छ । त्यसैले बजार विस्तारै बढ्ने क्रममा छ भन्ने बुझाउँछ । दोस्रो बजारमा कारोबार गर्नको लागि लगानीकर्ताहरु सकृय रहेका छन् । औसत दैनिक कारोबार रकम बढेको छ । दोस्रो बजारमा लगानीकर्ताको चासो बढेको छ । लगानीकर्ताको संख्या बढेको छ । यो हिसाबले हेर्दा बजारको दायरा फराकिलो बनाएको छ । लगानीको लागि आकर्षित क्षेत्र बनेको छ । यसरी बुझ्दा बजारले गति लिदै गरेको देखिन्छ ।

लगानीकर्ताको चासो बढेसँगै पूँजी बजारमा शेयर कारोबार बाहेक अन्य विकल्प औजारहरु पनि खोजी हुन थालेको छ । तपाईले यसै विषयमा विज्ञता हासिल गर्नु भएको छ । किन नेपाली पूँजी बजारमा अन्य औजारहरु आउन सकेको छैन ?

अन्य मुलुकहरुमा लगानीकर्ताको क्षमता अनुसारको पूँजी बजारका उपकरण छन् । नेपालमा जोखिमरहित कारोबार गर्नको लागि दोस्रो बजारमा कुनै उपकरणहरु छैन । जोखिमरहित लगानीको लागि सरकारी बोण्ड कारोबार भएकै छैन । कर्पोरेट सेक्टरको सामान्य आफै ग्राहक मिलाएर कारोबार हुन सक्छ । सेभिङ सटिफिकेटको कारोबार हुन सकेको छैन । त्यस्तो बजारको विकास गर्ने दायित्व सरकार हो ।

सरकारले प्राइमरीडिलरसिप स्टिमको व्यवस्था गरिनु पर्छ । सरकारी बण्डको बजार सकृय हुन्छ । त्यसले सरकारी ऋणपत्रको ब्याजदरको मूल्य निर्धारण हुन्छ । त्यसले जोखिमरहित लगानी क्षेत्रले अन्य उपकारणहरु जस्तै ब्याजदर, सेक्युरिटिज र स्टकको प्रतिफलको समेत आधार निमार्ण गराएको हुन्छ । नेपालमा डेब्ट मार्केट (ऋणपत्र बजार) को विकास गर्न नसक्दा शेयरको मात्र कारोबार गर्न बाध्य हुनु परेको छ । डेब्ट मार्केट भन्दा शेयर कारोबार जोखिम पूर्ण छ ।

नेपालमा ऋणपत्रको कारोबार हुन सकेको छैन । शेयर बजारमा राम्रा कम्पनी आउन मानेका छैनन । शेयरको मात्रै कारोबार गर्न पनि बुल एण्ड वियरको लामो समय खण्डकाे चक्र पर्खनु पर्ने बाध्यता छ । नेपालको बजारमा किन सट्सेल इन्ट्रा कारोबार गर्न सकिएको छैन ?

नेपाली पूँजी बजारमा केही संस्थागत समस्याहरु रहेका छन् । नेपालको कारोबार प्रणाली र लगानीकर्ताको अपेक्षा बीचमा ठूलो खाडल छ । नेपालमा शेयरको मूल्य नबढेसम्म लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्दैनन । शेयर किनेको मूल्य र बजारले निर्धारित मूल्यको अन्तर हो । पूँजीगत लाभ सकारात्मक भए सकारात्मक हुन्छ । दोस्रो बजारको मूल्य भन्दा न्यून मूल्यमा झरेमा नकारात्मक हुन्छ । शेयरको मूल्यमा कुनै एक लगानीकर्ताले मूल्य बढाउन सक्दैन । आम लगानीकर्ताको मनोभावना अनुसार चल्ने छ । बजार लगानीकर्ताको समूहिक निर्णयबाट उतार-चढाव हुन्छ । समूहिक निर्णय उनीहरुको अपेक्षा रहेको हुन्छ ।

 बजारको अवस्था बढेपनि घटे पनि कमाउने सर्टसे्लिङ छ भने बजार घट्दा पनि बढ्दा पनि प्रतिफल प्राप्त गरेको हुन्छ । बजारमा कोही लगानीकर्ता डिमाण्ड बढाउन चाहान्छ कोही सप्लाई बढाउन चाहान्छन् । बजार बढाउन इच्छाएकाहरुबाट बढाउने प्रर्यास हुन्छ । घटाउन चाहाने लगानीकर्ताहरुबाट घटाउन प्रर्यास गरेका हुन्छन । नेपालमा समूह निर्णय धेरै देखिन्छ । त्यसैले नेपालको बजार निरन्तर घट्ने र निरन्तर बढ्ने गरेको हुन्छ । लगानीकर्ताको अपेक्षा बजार निरन्तर रुपमा बढ्नु नै हो । तर पनि बजार घट्छ । त्यसो हुनुमा लगानीकर्ताको अपेक्षालाई सरकार र सम्बन्धित निकायबाट आउने सूचनाहरुले प्रभाव पारेको हुन्छ । त्यसैले बजार घट्छ । उक्त सूचनाहरु माथी लेखिएको हुन्छ । त्यो अनुसार बजार सूचकले प्रभाव पारेको हुन्छ । जस्तो ’’सरकारबाट अर्थमन्त्री विष्णु पौडेल जाने हल्ला भयो भने । अब बजारको के हो के भन्ने लगानीकर्तामा छाप पार्न खोजिएको हुन्छ ।’’ नेप्सेमा सूचीकृत भएका कम्पनीहरुको मूल्य फण्डामेन्टल भन्दा फण्डाबाट मात्रै निर्धारित भएको हुन्छ ।

नेपाली शेयर बजार जुवाको रुपमा रुपान्तरण भयो भन्ने गरेको पाइन्छ नि ?

पूँजी बजार र जुवाको केही लक्षणहरु मिलेका हुन्छन । तर यो बजार जुवाको बजार होइन । यहाँ विभिन्न किसिमका लगानीकर्ताहरु रहेका छन् । पहिलो हेजिङ लगानीकर्ता छन् । जसले जोखिम व्यवस्थापनको लागि लगानी गरिएको हुन्छ । दोस्राे स्पेकुलेटिभ लगानीकर्ता- जसले सट्टेवाजीको रुपमा लगानी गरेको हुन्छ । यस्ता लगानीकर्ताहरु आउन सक्ने जोखिम लिनको लागि पनि तयार भएका हुन्छन् । यस्तो लगानीले बजारलाई चलायमान बनाएको हुन्छ ।

कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुमा नै जोखिम लिनुलाई चै कसरी बुझ्न सकिन्छ ?

कतिपय अवस्थामा लगानीकर्ताहरुको बजारलाई बुझ्ने साक्षरता भएकै कारण जोखिम लिएका हुन्छन् । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले बजारमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्नु पर्ने हुन्छ । कम्पनीको वित्तीय अवस्था कस्तो छ ? भन्नेबारेमा जानकार हुनु जरुरी छ । यहा देख्दा देख्दै जोखिम लिइन्छ । जस्तो नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्या भन्यो । त्यस्तो जानकारी हुँदा हुँदै लगानी भने बिग्रेको आलु जसरी पनि खान्छु, मलाई मर्नसँग चिन्ता छैन् भन्छ भने लगानीकर्तासँग लगानी सम्बन्धी विवेक छैन भन्ने बुझाउँछ । कम्पनीको प्रगतिको आधारमा जोखिम लिन पर्ने हो । त्यसैले भन्छु फण्डामेन्टलबाट शेयर मूल्य गाइडेड छैन ।

नेपाल राष्ट्र बैंकको नीतिले दोस्रो बजारमा सर्वाधिक प्रभाव पार्ने गरेको छ । किन होला ?

दोस्रो बजारमा राष्ट्र बैंकको नीतिको प्रभाव दुई कारणले पर्ने गरेको छ । राष्ट्र बैंकले ल्याउने नीतिहरुले केवल पूँजी बजारलाई मात्र होइन । समग्र वित्तीय बजारलाई नै प्रभाव पारेको हुन्छ । पूँजी बजार भनेको सूचनामा केन्द्रित हुने बजार भयो । राष्ट्र बैंकले नीति दिन्छ । उक्त नीतिलाई लिएर धितोपत्रको दोस्रो बजारमा खेल्न खोजिन्छ । लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिहरुको अध्ययन गरेर लगानीको राणनीति बनाएका हुन्छन् । त्यसैले धितोपत्र बोर्ड भन्दा पनि नेपाल राष्ट्र बैंक निर्देशित बजार छ । धितोपत्र बोर्डले बजारका लागि कस्ता नीति ल्याउँछ भन्ने चासो लगानीकर्तामा छैन । तर राष्ट्र बैंकको हरेक गतिविधिहरु लगानीकर्ताको चासो बनेको हुन्छ । यहाँ पनि संस्थागत समस्या भएकै कारणले गर्दा नेपाल राष्ट्र बैंकको नीतिले बजारमा प्रभाव पारेको हो ।

बाँकी अंश भिडियोमाः

 

 

 

 

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।