सुन र चाँदी दुबैको मूल्य बढ्यो

Jan 15, 2025 10:47 AM Merolagani



माघ २ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात माघ १ गते, नेपाली बजारमा यस्तो सुन तोलाको १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिन तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।