चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.०९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा ७७ लाख २८ हजार रुपैयाँ थियो।
आम्दानी बढेसँगै लघुवित्त खुद नाफा पनि बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९५.३४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी १२.८१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६६.४० प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २०७.६६ प्रतिशत बढेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ४५ पैसा बढेर २६ रुपैयाँ ७० पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ। लघुवित्तको खराब कर्जा समीक्षा अवधिमा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा झरेको छ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ सापटी तथा ३६ करोड ८० लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।