आम्दानी घटेपछि किसान लघुवित्तको नाफा ऋणात्मक

Feb 11, 2024 10:52 AM Merolagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBSL) ५ करोड ५८ लाख रुपैयाँले खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्ममा लघुवित्तले १७ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानीमा गिरावट हुँदा लघुवित्त नोक्सानीमा पुगेको हो ।

पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड ८८ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा एक करोड ६७ लाख रुपैयाँ कम हो । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तकाे इम्पेरमेन्ट चार्ज ४ करोड ३८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ५ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

५० करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १३ करोड २९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा एक अर्ब ३२ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ अर्ब ५४ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा ऋणात्मक रहेकाे छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९४ पैसा छ ।




comments powered by Disqus

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।