के रातभरि वाइफाइ अन राख्दा स्वास्थ्यमा असर पर्छ?

Jan 23, 2025 02:43 PM Merolagani



आजको समयमा इन्टरनेट हाम्राे जीवनकाे धेरै महत्त्वपूर्ण भाग बनेको छ। इन्टरनेट बिना दैनिकी व्यवस्थापन गर्न नै कठिन भइसकेकाे छ। बिस्तारै, इन्टरनेट प्रदायक कम्पनीहरूले पनि डाटा प्याकेजका योजनाहरूको मूल्य सस्तो बनाइरहेका छन् । साेहि कारण सबैकाे हात हातमा इन्टरनेट सेवा उपलब्ध छ । 

अर्काेतर्फ, प्रत्येक घर जसाेमा विदेशिएका परिवारसँग जाेडिइरहनका लागि घर-घरमा वाइफाइ जडान गरिएकाे छ। अनलिमिटेड वाइफाइका साथ, ग्राहकहरूले घरमा हाेस् वा अफिसमा वा बाटाेघाटाेमा असीमित डाटा पाइरहेका हुन्छ । साेहि कारण, कुनै पनि व्यक्तिगत वा पेशागत काम गर्न सजिलाे भइरहेकाे छ।

कैयाैं पटक फोनमा इन्टरनेट प्रयोग गर्दा डेटा अफ गर्नुपर्ने हुन्छ। तर, घरमा भने वाइफाइ राउटर सधैं अन नै हुन्छ। घरमा भएका सबै डिभाइसहरू राउटरमा जडान गरेर नै राखिन्छ।

तर, यदि तपाईं रातमा इन्टरनेट प्रयोग गर्नुहुँदैन भने वाइफाइ राउटर अन राख्नु ठीक हो कि होइन? 

यद्धपी, वाइफाइले स्वास्थ्यमा पार्ने असर, अझै पनि बहसकाे विषय नै रहेकाे छ । वाइफाइकाे रेडियाेफ्रिक्वेन्सी विकिरणकाे लामाे समयसम्म सम्पर्कले सम्भावित रूपमा स्वास्थ्यमा असर पर्ने केहि अनुसन्धान तथा विशेषज्ञहरूले दाबी गरेका छन् ।

वाइफाइबाट हुने खतरा

वाइफाइले हाम्रो स्वास्थ्यलाई पनि हानि पुर्‍याउँछ । याे धेरै कम मानिसहरूलाई मात्र थाहा होला। यस्तो अवस्थामा, जब तपाईं काम गरिरहनु भएको छैन, तपाईंले वाइफाइ बन्द गर्नुपर्छ।

खासगरी, सुतिरहेको समयमा पनि इन्टरनेटको प्रयोग गरिँदैन। त्यसैले, यस्तो अवस्थामा स्वास्थ्यलाई हानी हुनबाट जाेगाउन राउटर बन्द गर्नुपर्छ।

वाइफाइलाई WLAN भनिन्छ। यो एक वायरलेस नेटवर्क हो जसमा कम्तिमा एउटा एन्टेना इन्टरनेट र ल्यापटप, कम्प्युटर, फोन जस्ता वायरलेस सञ्चार उपकरणहरूसँग जोडिएको हुन्छ। वाइफाइ नेटवर्कहरूले इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सी (EMF)काे प्रयोग गर्न कठिन बनाउँछ।

लामो समयसम्म वाइफाइको सम्पर्कमा रहनु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ।

रेडियाेफ्रिक्वेन्सी विकिरणबाट के हुन्छ ?

वाइफाइ डिभाइसबाट निस्कने रेडियाेफ्रिक्वेन्सी विकिरण कम तिव्रताकाे हुन्छ । तर, लामाे समयसम्म यसकाे सम्पर्कमा रहँदा टाउकाे दुखाइ, थकान र निद्रामा समस्या देखिन सक्छ ।

निद्रामा बाधा पुग्न सक्ने

यसबाहेक, यसले निद्रामा पनि बाधा पुर्‍याउन सक्छ। यसले रातमा नोरेपिनेफ्रिन स्राव बढाउन पनि सक्छ। साथै, यसले अल्जाइमरको समस्या पनि निम्त्याउन सक्छ। केहि अध्ययनका अनुसार वाइफाइबाट निक्लने विकिरणले मस्तिस्ककाे तरंगहरू प्रभावित गर्न सक्छ । यसले निद्राकाे चक्रमा बाधा पुग्न सक्छ।

निद्रा विज्ञान प्रशिक्षक र स्लीप सोसाइटीकी सह-संस्थापक इसाबेला गोर्डनले रातमा आफ्नो वाइफाइ बन्द गर्न सुझाव दिएकी छिन्। यसबाट पहिलो फाइदा भनेको राम्रो निद्रा पाइन्छ जुन सबैभन्दा महत्त्वपूर्ण छ।

मानसिक तनाव

आरएफ विकिरणले मस्तिष्ककाे कार्यक्षमता र तनाव स्तरलाई प्रभावित गर्न सक्छ । यद्धपी, यसकाे प्रभाव कम गतिकाे हुन्छ र हरेक व्यक्तिमा फरक फरक असर देखिन सक्छ ।

शरिरकाे काेषहरूमा प्रभाव

केहि अनुसन्धानहरूले वाइफाइ विकिरण डीएनए क्षति र अक्सिडेटिभ तनावकाे कारण बन्न सक्छ । 

क्यान्सरकाे खतरा

विश्व स्वास्थ्य संगठनले आरएफ विकिरणलाई सम्भावित कार्सिनाेजेनिक (क्यान्सर उत्पन्न गर्ने) मानेकाे छ । यद्धपी, वाइफाइकाे गति कम हुन्छ त्यसैले, खतरा पनि कम हुन्छ ।

बालबालिकामा असर

बालबालिकाकाे मस्तिष्क र शरिर विकसित भइरहेकाे हुन्छ । त्यसैले, उनीहरू निकै संवेदनशील हुन्छन् । बालबालिकाहरू आरएफ विकिरणकाे जाेखिमबाट धेरै प्रभावित हुन सक्छन् ।

यसरी रहन सकिन्छ सावधान

आफ्नो कनेक्शन सुरक्षित राख्न र ह्याकिङको जोखिम कम गर्न तपाईंले रातको समयमा वाइफाइ पनि बन्द गर्नुपर्ने विज्ञहरूकाे सुझाव छ ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।