डलरको विकल्प नखोज्न ट्रम्पको धम्कीपछि डरायो भारत, ट्रम्पलाई रिझाउने प्रयास गर्दै मोदी

Feb 01, 2025 06:14 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले डराएको भारतले डलरको विकल्पको बारेमा सोच्न नसक्ने प्रतिवद्धता जनाएको छ ।

केही महिना अघि ब्रिक्स राष्ट्रहरू (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) ले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरको दबदबा कम गर्न आफ्नै मुद्रा शुरु गर्ने तयारी गरेका थिए ।

त्यो समाचार सार्वजनिक भए लगत्तै आपत्ति जनाएका ट्रम्पले राष्ट्रपति निर्वाचित भए लगत्तै ब्रिक्स देशहरूले डलरको बिरूद्ध नयाँ ब्रिक्स मुद्रा विकास गरे अमेरिका टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका थिए । ‘यदि तिनीहरूले त्यसो गरे भने उनीहरूले सय प्रतिशत शुल्कको सामना गर्नुपर्नेछ । उनीहरूले अमेरिका जस्तो अद्भुत देशमा आफ्नो सामान बेच्ने सपना त्याग्नु पर्नेछ,’ उनले केही दिन अघि सामाजिक संजाल ट्रुथ सोसलमा लेखेका छन् ।

डलरको सट्टा ब्रिक्सको नयाँ मुद्राको सम्भावनालाई अस्वीकार गरिरहेका ट्रम्पको भनाइ प्रति अन्य देशहरुले प्रतिकृया जनाइसकेका छैनन् । तर, भारतले आफूले डलरको विकल्पको बारेमा कुनै कुरा नसोचेको भन्दै उनलाई आश्वस्त बनाउने प्रयास गरेको छ । बिहीबार भारतका विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा भएको एक कार्यक्रममा ट्रम्पका नीतिहरूले विश्वव्यापी व्यवस्थामा महत्वपूर्ण परिवर्तन ल्याउने भन्दै भारतले अमेरिकासंग प्रतिद्धन्दिता गर्न नखोजेको बताए । ‘भारत र अमेरिकाबिच केही असहमतिहरू छन्, तर त्यहाँ धेरै क्षेत्रहरू छन् जहाँ स्थिति हाम्रो पक्षमा हुनेछ । अमेरिकासँग भारतको सम्बन्ध उत्कृष्ट छ । साथै, प्रधानमन्त्रीसँग ट्रम्पको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । यसबाट देश लाभान्वित हुनेछ । यो कुरालाई महसुस गर्दै हामी अमेरिकासंग सम्वन्ध सुदृढ बनाउनु पर्ने कुरामा दृढ छौं,’ उनले भने ।

विश्लेषकहरु जय शंकरको भनाईले भारत सरकारले ट्रम्प सामु ‘आत्मसमर्पण’ गरिरहेको पुष्टि गरेको बताउंछन् । ट्रम्पको वास्तविक लक्ष्य चीन हो, भारत होइन । भारतलाई फकाएर होस्, धम्काएर होस्, उनी आफ्नो पन्जामा राख्न चाहान्छन् र भारतीय बजार कब्जा गर्न चाहान्छन् । किनकी अमेरिकी उत्पादनहरुले चीन र रुसको बजार लिन सहज छैन, जति भारतको बजार लिन सहज छ ।’

नयाँ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर चाइनिज स्टडीजका एसोसिएट प्रोफेसर अरविन्द येलारी भन्छन् । भारतलाई चीन र रुसको प्रभावबाट मुक्त गर्नको लागि ट्रम्पले सबै प्रयासहरु गर्न सक्ने बताउंदै शुरुमै दिएको धम्कीले भारत डराएपछि उनी ढुक्क भएको हुनसक्ने येलारीको भनाई छ ।

विश्लेषकहरु अर्काे महिना भित्र अमेरिका जाने तयारी गरिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्सका अन्य सदस्य राष्ट्रहरुलाई चिढाउने गरि अमेरिकासंग सम्झौता गरेमा आश्चर्य नहुने बताउंछन् ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।