लामो समयको करेक्सन र साईडवयज प्रवृत्तिमा रहेको बजारमा देखिएको उत्साहले लगानीकर्ता बजारप्रति पुनः नजर लगाउन सुरु गरेका छन् । बजार सूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । तर यसमा लगानीकर्ताहरु भने विश्वत हुन सकेको देखिदैन ।
बजारमा ठूलो वृद्धि हुनासाथ दोस्रो कारोबार दिनदेखि बजारमा सेलिङ्ग प्रेसर आउने गरेको छ । त्यसैगरी, यो वृद्धिले कन्फमेसन नदिएसम्म बजारलाई विश्वास गर्न नसकिने लगानीकर्ताको भनाइ छ ।तर बजारले यसैगरी बढ्ने/नबढ्ने दाेधारकै अवस्थाबाटै गति समाउने हुँदा यो वृद्धिलाई हल्का रुपमा लिन नहुने लगानीकर्ताको बुझाई छ ।