आखिर त्यो दिनआयो– २५ जनवरी २०१० मा । यस दिन हामीले नगद बाहेक पनि आर्थिक कारोबार गर्न सक्छौँ भन्ने प्रमाणित गर्यौं । नेपाली समाजमा डिजिटल वालेटको अवधारणा अनुसार काम गरेको यो १५ वर्षमा इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको छ । हामीलाई सुनाउँदा गौरव लाग्छ– इसेवा लिमिटेडले आफ्नो १६ वर्षको यात्रा तय गर्दा ।
सबैको स्मृतिमा रहेकै कुरा हो– नेपालमा डेढ दशक अघिसम्म पनि आपसी लेनदेनमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो । बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षा चुनौतीले गर्दा नगद कारोबार जोखिम युक्त थियो । आम जनता हैरानी खप्न बाध्य थिए । त्यो यस्तो समय थियो जतिबेला नेपाल जस्तो विकासशील देशमा नगद कारोबारको कुनै अरू विकल्प हुन सक्छ भन्ने कसैले सोचेकै थिएन । नेपाली समाजमा व्यापार, व्यवसाय र वित्तीय सेवा माध्यम परम्परागत थियो । त्यस्तो अवस्थामा ‘डिजिटल वालेट’ को सोच आफैंमा अनौठो र उत्तिकै चुनौतीपूर्ण थियो । भौगिलिक विविधताका कारण केही दुर्गम क्षत्रहरूमा इन्टरनेटको पहुच नभएको र थुप्रै ठाउँहरुमा बढ्दो चोरी तथा लुटपाटको डर जस्ता कारणहरुले गर्दा नगदीय कारोबारमा पनि असहजता थियो ।
वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि आफैंमा अत्यासलाग्दो थियो । तर, इसेवाका संस्थापकहरूले यही समस्या भित्र अवसर देखे । चुनौतीसँग लड्दै नेपालको वित्तीय व्यवहारलाई डिजिटलयुक्त बनाउन सक्छौँ भन्ने उनीहरूमा दृढ विश्वास थियो । परिणामस्वरूप इसेवाले नेपालमा सफलतापूर्वक डिजिटल वालेटको जग बसाल्यो । नेपालमा डिजिटल युगको सुरुवात पनि गर्यो । नेपालको नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्यो । ‘लाइनबाट अनलाइन’ भुक्तानी गर्ने प्रणालीको विकासमा अतुलनीय योगदान पुर्यायो र पुर्याइरहेकै छ ।
आमजनताको विश्वास जित्नु र परम्परागत सोच परिवर्तन गर्नु चानचुने कुरा थिएन । नगदलाई डिजिटलाइजेसनमा ल्याएर डिजिटल भुक्तानी सेवा जनता माझ पस्कनु हेर्दा सानो तर त्यस समयमा साहसी कदम थियो । हाल नेपाली समाजमा डिजिटल भुक्तानी गर्नु भनेको साधारण कुरा भइसकेको छ । यो सहजता एउटा अठोट,संघर्ष र समर्पणले जन्मिएको हो । डिजिटल नेपालको दूरदृष्टिले देशलाई नयाँ युगतर्फ डोर्याएको छ, जहाँ प्रविधिको प्रयोगले विकास, समृद्धि र सम्भावनाको त्रिवेणी बगेको छ । अहिले हाम्रो हिमाल, पहाड र तराईसम्मका ७५३ सम्पूर्ण क्षेत्रमा इसेवाले प्रदान गरेको सेवाले आर्थिक कारोबार सहज बनाएको छ ।
निश्चित छ– विस्तारै नगद व्यवहार एका देशको कथा बन्ने छ ।
एकपटक फेरि पछाडि फर्कनुपर्ने हुन्छ । सन् २००९ मा बेटा भर्जनबाट सुरु गरेको इसेवा डेक्सटप कम्युटरको माध्यमबाट मात्र चलाउन मिल्थ्यो । सुरुमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टममा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याएर पिननम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर डिजिटल माध्यमबाट रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पिन उपलब्ध गराउन थालेको हो । सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नका लागि पनि दर्जनौं कर्मचारी राख्नु परेको थियो । तर, अहिले अत्याधुनिक प्रविधिले रियलटाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।
सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट थियो । तर, सन् २०१२ देखि भने इसेवा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यसैवर्ष इसेवाले एजेन्ट नेटवर्क पनि सुरु गर्यो । इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयरलगायतअन्य सबै एयरलाइन्सको टिकट इसेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौं सेवाग्राहीले इसेवामार्फत आफूले रोजेको एयरलाइन्सको टिकट लिएर आफ्नो गन्तव्यमापुग्ने गर्दछन् ।
नेपालको डिजिटल रूपान्तरणको लक्ष्य लिएको इसेवाले सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजीइनोभेसन अवार्ड’ समेत प्राप्तगर्यो । यो हाम्रा लागि हौसलाको प्रस्थान विन्दु थियो । सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको रूपमा इजाजतपत्र प्राप्त इसेवाको औचित्यलाई कोभिड–१९ को महामारीले थप स्थापित गर्यो । त्यो लकडाउनको समय थियो । इसेवाका लाखौं प्रयोगकर्ताले अनलाइन भुक्तानी र इ–ट्रान्जेक्सनलाई अङ्गीकार गर्न थालिसकेका थिए । नगदको सट्टा मोबाइल फोनमार्फत भुक्तानी गर्न सहज भइसकेको थियो । उक्त महामारीमा डिजिटल वालेटको प्रयोगले नगद कारोबारबाट बढ्न सक्ने कोभिड–१९ संक्रमणको रोकथाममा समेत धेरै हदसम्म मद्दत पुगेको थियो ।
इसेवाले नेपालको आर्थिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसले वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्दै लाखौँ सर्वसाधारणलाई डिजिटल वित्तीय सेवाहरूमा पहुँच प्रदान गर्दै आएको छ । साथै, यसले लाखौँ साना तथा मझौला उद्यमीलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्षमबनाई आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँदै आएको छ । यसले सरकारी तथा स्वास्थ्य सेवाहरूका साथै दैनिक उपभोग्य भुक्तानीलाई समेत सहज बनाएर सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाएको छ ।
इसेवाको सफलताको मुख्य आधार भनेको नै नया ँप्रविधित था सेवाहरूको विस्तार र जनताले यो सेवाप्रति देखाएको विश्वास हो । नगद रहित नेपालको परिकल्पनाका साथ इसेवाको सुरुवात भएता पनि यसले समयसँगै अन्य सुविधाहरू थप गर्दै जनजीवनलाई सहज बनाउनुका साथै आर्थिक समावेशीकरणमा टेवा पुर्याएको छ । विगतमा दुर्गम क्षेत्रमा बसेर सेयरमा लगानी गर्ने, बिमाखरिद गर्ने जस्ता कार्य चुनौतीपूर्ण थियो । तर, अहिले इसेवा उपयोगले यी कार्यहरू सरल भएका छन् । मोबाइल टपअपबाट सुरु भएको इसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिएको छ । इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजीलोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधादिँदै आएको छ ।
इसेवाले आफ्ना सेवाग्राहीलाई प्रत्यक्षरूपमा सहज जीवन शैलीप्रदान गर्नुका साथै नेपालको जलवायुमा समेत उल्लेखनीय योगदान पुर्याएको छ । हामीले दैनिक रूपमा नगद कारोवार गर्दा ठूलो मात्रामा कागजको प्रयोग हुने गर्दछ । तर, अनलाइन भुक्तानी मार्फत इसेवाले अहिलेसम्म लगभग ३,७२,३४० किलो कागज बचाएको छ । कुल ७,८०९,६९८.७२६ किलो CO2 e कार्बन घटाउन मद्दत गरेको छ । नेपालमा लगभग १० लाख जनताले नेपालविद्युत् प्राधिकरणको बिल भुक्तानी इसेवा मार्फत गर्दै आएका छन्, जसले उपभोक्ताको समयको बचतका साथै १० लाखवटा रसिद छपाइमा प्रयोग हुने कागज, मसी र इन्धनको समेत बचत भएको छ । यो आफैंमा आश्चर्यलाग्दो परिवर्तन हो ।
कस्तो छ, आजको इसेवा ?
चार जना कर्मचारीबाट सुरु भएको इसेवाले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले अहिले २ हजारभन्दा बढी सेवाहरूको सुविधा दिँदै आएको छ । त्यति मात्र नभइ नेपालमा नै पहिलोपटक सेवाग्राहीद्वारा निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने AI Chatbot eVA साथै एजेन्टहरुलाई प्रवाह गरेको इजीलोन सेवाबाट नेपालको डिजिटल भुक्तानीमा नयाँ आयामको सुरुवात भएको छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पनि पठाउन सकिन्छ । इसेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट रहेका छन् ।
यस्तो हुनेछ, भविष्यको इसेवा
भुक्तानी प्रदायक कम्पनीका रूपमा प्रख्यात इसेवाले आगामी दिनमा आफ्ना सेवाहरू विस्तार गर्ने योजना बनाउँदैछ । आगामी दिनमा भुक्तानी मात्र नभइ बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य लिएको छ । बचत गर्ने सुविधाले सेवाग्राहीलाई प्रोत्साहन मिल्ने छ । आफ्ना सेवाग्राहीको आर्थिक उत्थानकालागि म्युचुअल फण्ड तथा लगानीका विविध योजना पनि ल्याउने लक्ष्यमा दत्तचित्त भएर काम गरिरहेको छ– इसेवाले । अहिले मर्चेन्टहरूलाई मात्र प्रदान गर्दै आएको इजीलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत इसेवाको लक्ष्य छ । यी नयाँ सेवाले सेवाग्राहीलाई थप सुविधाजनक र सुरक्षित वित्तीय सेवाहरू प्रदान गर्ने निश्चित छ ।
डिजिटल भुक्तानीको सुरक्षामा पनि इसेवा उत्तिकै संवेदनशील र सतर्क छ । कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी ठगी र संधिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागू गर्ने बाटोमा हामी छौं । यसमा हामीले अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘वचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ हाम्रा उपभोक्तासंग हातोमालो गर्दै अगाडि बढ्न चाहन्छौं । यसले इसेवा प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत वचत योजना र लगानीका अवसरहरू उपलब्ध गराएर वित्तीय स्वतन्त्रता प्रदान गर्दछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
इसेवालाई अझै विश्वासिलो, उपयोगी र समावेशी वित्तीय सेवा प्रदायकका रूपमा स्थापित गर्ने हाम्रो कार्य योजना हो । किनकी, बिर्सनै नसकिने कुरा के हो भने इसेवा ‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्तमा विश्वास गर्दछ । यसले आफ्नो सेवा सबै वर्ग, समुदाय र क्षेत्रका मानिसलाई समेट्न केन्द्रित छ,जसले नेपालको हरेक भूगोलमा आर्थिक समृद्धि ल्याउन योगदान पुर्याउँछ ।
आफ्ना सेवाग्राहीको आर्थिक उत्थानमा टेवा पुर्याउने कुरामा समेत इसेवाले कुनै कसर बाँकी राख्ने छैन । किनकी, प्रयोगकर्ताका लागि इसेवा अब केवल डिजिटल वालेट मात्र होइन, सहज जीवन शैली बाँच्न सिकाउने आर्थिक सहयात्री पनि हो । अर्थात् इसेवाको प्रयोग एउटा असल वित्तीय बानी पनि हो ।