शेयर बजारमा ट्रेडिङ गर्न बैंकलाई बाटो खुल्ला गर्नुपर्छ

Jan 23, 2025 05:42 PM Merolagani



हिजाे अर्थात बुधबारको बजार उत्साहजनक रुपमा वृद्धि भयो । तर त्यसरी बढेकाे बजारले निरन्तरता पाउन भने सकेन । बिहीबार बजार ११.१० अंकले घटेर २६५४.३५ विन्दुमा झरेको छ भने ७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

लगानीकर्ताको विश्वास कमजोर भएकै कारण आकर्षक ढंगले बढेको बजारले निरन्तरता पाउन नसकेको लगानीकर्ताहरुको बुझाई छ । एक दिन बढेको बजार दोस्रो दिनमा बिक्रीचाप बढ्ने गरेको छ । यसले बजार छिटो नाफा खोज्ने प्रवृत्ति हाबी भएको बुझाई छ ।

शेयर बजार प्रति सरकारले लिने नीतिमा नै कैफियत भएकाले बजारको विकास हुन नसकेको अर्थशास्त्री डा.भरत थापाले बताए । अर्को तर्फ बजारमा प्राथमिक शेयर आउने भएकाले सप्लाई बढेको छ । तर त्यसलाई टिकाउने पूँजी व्यवस्थापन हुन नसक्दा बजार घटेकाे थापाको बुझाई । त्यसैले बैंक जस्तै संस्थागत लगानीकर्तालाई बजारमा आउन वातावरण मिलाउनु पर्ने उनको भनाइ छ ।

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।