दमककाे भ्यू टावरकाे बिजनेश उपयाेगका लागि प्रभु बै‍कका सिइओ अशाेक शेरचनले दिएका ११ टिप्स

Feb 01, 2025 08:21 AM merolagani



दमककाे भ्यू टावरकाे बिजनेश उपयाेगका लागि प्रभु बै‍कका सिइओ अशाेक शेरचनले दिएका ११ टिप्स दिएका छन् । उनले सामाजिक सन्जालमा राखेका स‍म्भावनाहरुलाई हामीले जस्ताकाे त्यस्तै साभार गरेका हाै । 

 

अशाेक शेरचन

आज अनयासै दमकको दमक बिजनेस कम्प्लेक्स पुग्ने अवसर जुरयाे । यसका बारेमा धेरै चर्चा परिचर्चा बिगतमा भएकोे छ ।

मैले आज त्यहाँ पुगेपछि यस्को उपयोगिताका बारेमा बहुपक्षीय सम्भावनाहरु बारे मनन गर्दै गर्दा मलाई लागेको कुराहरू राख्दै छु :

 
१. १८ तले यस टावरकाे बिहृंगमताले भविष्यमा त्यस क्षेत्रको बैभवता झल्काउने छ । जसरी धरहरा,घन्टाघर, सिंहदरबार र शहिदगेटले काठमाडौंकाे बैभबता झल्काईरहेको छ । यी धरोहरहरु कल्ले बनाए भनेर हामी भन्दैनौ तर गर्वले शिर भने उचो बनाउँछाै ।
 
२. यस टावरलाई प्रविधि टावर (Technolgy Tower) काे रूपमा विकास र बिस्तार गर्नुपर्छ ।
 
३. जहाँ एउटा तलामा नेपालमा नेपाल टेलिकमकाे बिगत, बर्तमान र भविस्य देख्न पाईयोस । सँगै टेलिकमका दुई चार सय कर्मचारी उक्त टावरमा प्रविधिका काममा कार्यरत रहुन ।
 
४. त्यसै गरि एनसेलको आगमन,अवस्था र उडान भविष्यकाे अर्को तलामा देख्न पाईयोस । सँगै एनसेलका दुई चार सय कर्मचारी उक्त टावरमा प्रविधिका काममा कार्यरत रहुन ।
 
५. भारतको प्रसिद्ध प्राबिधिक कम्पनी इन्फोसिस(Infosys) जो नेपालको लगभग सबै बाणिज्य बैंकहरुलाई कोर बैंकिङ सफ्टवेयर (CBS) आपूर्ति गर्ने कम्पनी पनि हो, उस्को प्रदर्शनी कक्ष र प्रयोगशाला (R&D) एवं केही सय कर्मचारीहरु अर्को तलामा ।
 
६. चिनियाँ प्राविधिक कम्पनी हुवावे(Huawei) जस्को उपस्थिति नेपाली बजारमा प्रशस्त देखिन्छ, उस्को प्रदर्शनी कक्ष र प्रयोगशाला (R&D) एवं केही सय कर्मचारीहरु अर्को तलामा ।
 
७. नेपाली सडकमा हिजाेआज Electric vehicle(EV) को संख्या दिनहुुँ बढिरहेकाे छ र भविष्यमा याे क्रम अझ बढने छ, त्यसो हुँदा BYD लगायतका कम्पनीहरुलाई EV प्राबिधिकहरुको बिकासका लागि प्रशिक्षण केन्द्र खोल्नका लागि २ वटा तला छुट्टाउने ।
 
८. सफ्टवेयर र एप्स बिकास गरेर निर्यात गर्ने र आन्तरिक बजारमा आपूर्ति गर्ने नेपाली कम्पनीहरु र तिनका केही सय कर्मचारीहरुका लागि २ वटा तला ।
 
९. अन्य बहुराष्ट्रिय कम्पनीका प्रदर्शनी कक्ष र सेवाहरुका लागि २ वटा तला र दर्जनौ कर्मचारीहरु ।
 
१०. नेपाली हस्तकलाहरुको प्रदर्शनी कक्षका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
 
११. भाटभटेनी सुपरस्टोरका लागि १ तला चौबीसै घन्टा खुल्ने सेवा सहित र केही सय कर्मचारीहरु ।
 
१२. नेपाली स्वादका परिकारहरु पाईने रेस्टुरेन्टहरुका लागि १ तला र केही सय कर्मचारीहरु ।
 
१३. प्रबिधिमैत्री बने सँगै सबैलाई साइबर आक्रमणको डर बढेर गएकाे छ, त्यस कारण एउटा केन्द्रीकृत साइबर सुरक्षा केन्द्रका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
 
१४. बैंक, बिमा र पूँजीबजारका सेवाकेन्द्रहरुका लागि १ तला र केही दर्जन कर्मचारीहरु ।
 
१५. बाँकी रहेका ३ तलामा बस्नका लागि सुविधाजनक अपार्टमेन्टहरु ।
 
(याे मेराे ब्यक्तिगत धारणा हो । बनिसकेको पूर्बाधारहरुको उचित प्रयोग र उपयोग गर्नुपर्दछ )



comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।