आक्रामक रुपमा व्यापार वृद्धि गर्नेमा भने नेपाल इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्म ७५ करोड २ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेकोमा चालु आवको पहिलो ६ महिनामा ४५.७२ प्रतिशतले वृद्धि गरेर १ अर्ब ९ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । नेपाल इन्स्योरेन्सपछि एनएलजी, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरको बीमा शुल्क संकलन वृद्धि दर धेरै रहेको तथ्यांक छ । १४ वटा निर्जीवन बीमा कम्पनीमा १२ वटाको कुल बीमा संकलन गत वर्षभन्दा बढी छ भने युनाइटेड अजोड र प्रभु इन्स्योरेन्सको भने गत वर्षभन्दा कम मात्रै बीमा शुल्क संकलन भएको छ ।
सबैभन्दा धेरै बीमालेख जारी गर्नेमा सिद्धार्थ प्रिमियम अगाडि
कुल बीमा शुल्क संकलन बढेपनि जारी बीमालेखको संख्या भने चालु आवमा २.२३ प्रतिशतले घटेको छ । गत वर्ष ६ महिनामा १४ लाख २१ हजार ७६ वटा बीमा लेख जारी भएकोमा चालु आवमा १३ लाख ८९ हजार ३१९ वटा मात्रै बीमा लेख जारी भएको छ । चालु आवको पहिलो ६ महिनामा १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले मात्रै अघिल्लो वर्ष भन्दा बढी बीमालेख जारी गरेका छन् । राष्ट्रिय बीमा कम्पनी, दी ओरियन्टल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले मात्रै गत वर्षभन्दा बढी बीमालेख जारी गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै ३६.३९ प्रतिशतले बीमा लेख संख्या जारी गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी परेको छ । बाँकी १० वटा कम्पनीले भने गत वर्ष भन्दा कम मात्रै बीमालेख जारी गरेका छन् । नेसनल इन्स्योरेन्सले गत वर्षभन्दा २०.७६ प्रतिशत कम बीमालेख जारी गरेकाे छ । गत वर्ष १७ हजार ५ ९४५ वटा बीमालेख जारी गरेको नेसनलले चालु आवमा १४ हजार २२० वटा मात्रै बीमा लेख जारी गरेकाे छ ।
चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै बीमालेख जारी गर्ने कम्पनीमा सिद्धागर्थ प्रिमियर इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले १ लाख ५१ हजार ७५७ वटा बीमा लेख जारी गरेका छन् जुन यो वर्ष १४ वटा बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी हो यद्यपि यो बीमा लेख संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा १.३६ प्रतिशतले कम हो । अघिल्लो वर्ष सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ लाख ५३ हजार ८४४ वटा बीमालेख जारी गरेको थियो । चालु आवमा सबैभन्दा कम बीमालेख जारी गर्नेमा दी ओरियन्टल इन्स्योरेन्स परेको छ । यो कम्पनील २२ हजार १ सय १८ वटा मात्रै बीमा लेख जारी गरेको छ ।
सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने मामलामा शिखर इन्स्योरेन्स नै सबैभन्दा अगाडि देखिएको छ । शिखरले चालु आवको ६ महिनामा २ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँको मात्रै बीमा शुल्क आर्जन गरेको थियो । शिखरले चालु आवमा ५.६९ प्रतिशतले व्यापार वृद्धि गरेकाे छ । शिखरलाई सगरमाथा र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले पछ्याइरहेको छ । सगरमाथाको पुस मसान्तसम्म कुल बीमा शुल्क संकलन २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ छ भने सिद्धार्थ प्रिमियरको २ अर्ब १३ करोड ८० लाख रुपैयाँ छ ।
६ महिनामा आईजीआई प्रुडेन्सियलले १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड ७० लाख रुपैयाँ, दी ओरियन्टल इन्स्योरेन्सले १ अर्ब २० करोड ३७ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेसनल इन्स्योरेन्सको बीमा शुल्क संकलन १ अर्ब भन्दा मुनि छ । प्रभुले ९० करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । चालु आवको पहिलो ६ महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स र सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी परेको छ ।
लघु बीमा व्यवसाय बढ्दो क्रममा
निर्जीवन लघु बीमा कम्पनीको व्यवसाय भने क्रमशः बढ्दो क्रममा रहेको छ । गत वर्ष ६ महिनामा ४ करोड ५० लाख रुपैयाँको मात्रै व्यवसाय गरेका लघु निर्जीवन बीमा कम्पनीले चालु आवको ६ महिनामा भने ४२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।
पुस मसान्तसम्म सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बकी १२ करोड ४१ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेकाे छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १० करोड ३७ लाख रुपैयाँ, स्टार माइक्रोले ९ करोड ८२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ९ करोड ६८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।
सबैभन्दा धेरै बीमालेख जारी गनरै लघु बीमा कम्पनीमा पनि नेपाल माइक्रो इन्स्योरेन्स नै अगाडि रहेको छ । कम्पनीले चालु आवको पहिलो ६ महिनामा ३९ कजार ३ सय ८४ वटा बीमा लेख जारी गरेको छ। प्रोटिेक्टिभले ३९ हजार १०९ वटा, स्टारले ४४ हजार ६८३ वटा र ट्रस्टले ३५ हजार २ सय ९५ वटा बीमा लेख जारी गरेका छन् ।