बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयानपछि बिहीबारबाट बहस सूरु भएको थियो । तर, शुक्रबार पनि चिया समय पछि मात्रै लामिछानेका तर्फका कानुन व्यवसायीको बहस सुरु भएको थियो ।
जसमध्ये वरिष्ठ अधिवक्ताहरु सुशिल पन्त र सुरेन्द्र थापाको मात्रै बहस सकिएको छ । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ सहित अधिवक्ता डा. नारायण कडेल, राजेन्द्र सेढाई, सुरज बस्नेतले अब आइतबार बहस गर्ने भएका छन् ।
त्यस्तै, प्रतिवादीहरुका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिल तथा जाहेरकर्ताका अधिवक्ताले जवाफी बहस गर्ने छन् । त्यसपछि मात्रै आदेश आउने छ ।
बुधबार सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए ।यस्तै, उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।
यसैगरी, जाहेरकर्ताकातर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र राज भण्डारी सहित ४ जनाले बहस गरेका थिए ।