नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन, सुन प्रतिताेला एक लाख ६० हजार ४०० रुपैयाँ ताेकिएकाे थियाे । त्यसपछि, सुनको मुल्यमा विभिन्न उतार चढाव देखियाे । साेमबार र मंगलबार भने सुनकाे मूल्यमा गिरावट देखिएकाे थियाे । यद्धपी, बुधबार भने सुनकाे मूल्यमा भारी वृद्धि भएर प्रतिताेला एक लाख ६० हजार ६०० रूपैयाँ पुग्याे । बिहीबार भने सुन सामान्य सस्तिएकाे थियाे।
तर, साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार सुनकाे मूल्य महंगिएर प्रतिताेला एक लाख ६० हजार ५०० रूपैयाँ पुग्यो । यो मुल्य साताको पहिलो दिनको तुलनामा २ हजार ४०० रुपैयाँले बढी हो।
यसैगरी, महासंघका अनुसार यो साता नेपाली बजारमा चाँदीको भाउ पनि महंगिएको छ । आइतबार प्रतिताेला एक हजार ८६५ रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतिताेला एक हजार ९१५ रुपैयाँ पुग्याे । यसरी, साताभरमा चाँदी ताेलामा ५० रूपैयाँले बढेकाे हाे ।
यसकारण बढ्दैछ सुनकाे भाउ
ट्रम्प प्रशासनद्वारा लागू गरिएका नीतिहरुका कारण भूराजनीतिक अनिश्चिता बढिरहेकाे छ । साेहि कारण सुरक्षित लगानीका रुपमा लगानीकर्ता सुनतर्फ अकर्षित भइरहेकाे अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसरी, विश्व बजारमा सुनको माग वृद्धि भइरहेकाेले पनि अन्तर्राष्ट्रिय बजारमा सुनकाे मुल्यवृद्धिमा टेवा पुगेको बिश्लेषकहरुको भनाई छ ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा अमेरिकी डलरको विनिमय दर बढ्दा नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ ।
शुक्रबार विश्व सुन बजारमा सुनकाे भाउ वृद्धि भयाे । त्यसदिन, सुन प्रतिऔंस करिब १० डलरले बढेर प्रतिऔंस २ हजार ८०५ डलर बराबरमा काराेबार भयाे ।