सहकारीमा भएको समस्या अहिलेको होइन । सहकारी संस्थाका सदस्यहरु बचत फिर्ताको माग गर्दै वर्षाैदेखि आन्दोलित छन् । यद्यपि उनीहरुको बचत फिर्ताको कुनै सुनिश्चितता अझै भएको छैन । सदस्यले सडकमा रातदिन बसेर बचत फिर्ता माग गर्दा ति सदस्यहरुको सम्पत्तिको हक हनन भएको हेक्का कुनै सहकारी संघले राखेको देखिदैन । सहकारीको पैसाले राजनीति गर्ने दायरा संकुचित हुने परिस्थिती देखिएपछि सहकारीका सदस्यहरुको बचत गर्न पाउने अधिकारको रक्षार्थ भन्दै राजनीतिक पहलकदमीमा अभियान लागेको देखिन्छ ।
सहकारीबाट पीडित सदस्यहरुलाई बचत फिर्ता पाउने सुनिश्चितता गर्न सरकारले अध्यादेश मार्फत थप प्रावधान ल्याएको मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकारणका अध्यक्ष पोखरेलले बताए । सहकारीका बचतकर्ता र ऋणी दुवै सुरक्षित हुनुपर्छ । अहिलेको समग्र विषयलाई मध्येनजर गरेर सरकारले अध्यादेश ल्याएको हो । आवश्यक छलफल गरेर प्रतिस्थापन विधेयक मार्फत गर्न सकिने भएपनि दफा नै हटाउन मिल्दैन । अभियानले अध्यादेशको दफा हटाउन दवाव दिए अभियानको कमजोरी ठहर्ने पोखरेलले चेतावनी दिएका छन् ।
हाल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २१ सहकारी संस्था र बाग्मती प्रदेश समितिमा ५ सहकारी संस्था समस्या ग्रस्त संस्थाको रुपमा घोषित छन् । ती संस्थाका बचतकर्ताहरुको बचत बन्धक हुने गरी घोषणा भएको छ । बर्षाैसम्म बचतकर्ताहरु बचत फिर्ताको माग गर्दै विभिन्न निकाय हुदै सडक देखि संसदसम्म धाउने क्रम जारी छ । आफ्नो दुख जिलो गरेर आर्जन गरेको बचत प्राप्त गर्नकै लागि छट्पदाउँदा कुनै निकायबाट सुनुवाई भएको छैन । ती बचतकर्ताहरुको समस्या समाधनाको लागि सहकारी अभियानले कुनै पहलकदमी नचालेको पीडित सहकारी सदस्यहरुको गुनासो छ ।
अहिले प्रारम्भिक संस्थाहरुलाई बचत राखेन भने बचतकर्ताहरुको सम्पत्तिको हक हनन हुने भन्दै चर्काे भाषण गर्न प्रमुख दलका सहकारी विभाग प्रमुखहरुले छोडेको छैनन । वास्तविक सहकारी पिडित बचतकर्ताहरु बचत फिर्ताको लागि हार गुहार गर्दैछन् । बचत जम्माको अधिकार खोज्ने ती नेताहरुले बचत फिर्ताको अधिकार हनन भएको विषयमा कहि भाषण गरेको सुनिदैन ।
पीडित बचतकर्ताहरुसँगको छलफल र भेटघाट मार्फत सहकारी संस्थाहरुको समस्या समाधानार्थ अभियानको भुमिका निकृय जस्तै छ । अर्कोतर्फ विभिन्न परिस्थितीले समस्यासँग जुझ्न परेका सहकारी संस्थाहरुले समेत अभियानको प्रत्यक्ष साथ नपाएको बताएका छन् । सहकारी संस्थाहरु विभिन्न संघहरुका नेता चुनिने प्रकृयाका लागि मात्रै हुन, संस्थालाई समस्या पर्दा कुनै सहयोग प्राप्त हुदैन भन्ने सहकारीकमीहरुको गुनासो छ । यदि सदस्य सहकारी संस्था र आम बचतकर्ताले आवश्यक समयमा अभिभावकत्व प्राप्त नगर्ने हो भने अभियानको औचित्य नरहेको सहकारीकर्मीहरुको भनाई छ ।
सहकारी अभियानको नेतृत्वमा रहेकाहरुको कार्यकाल र दोहोरो पदको लागि विषयगत संघहरुबाट ज्ञापन पत्र विभिन्न निकायमा बुजाउने अभियानका नेताहरुको लर्को देखिन्छ । तर सहकारीको समस्या समाधानार्थ अभियानले कुनै ठोस गतिविधि चाल्न सकेको छैन । सुशासनमा रहेर सञ्चालित सहकारी जसको खराब कर्जाको कारण समस्यामा परेका छन । ती सहकारी संस्थाहरुलाई पुनउत्थान गर्नको लागि अभियानले महत्व दिएको पाइदैन ।
विभिन्न राजनीतिक पार्टिको ढोका धाउदै अभियान
नेकपा एमाले र काग्रेसको गठबन्धनमा निर्मित सरकारबाट सहकारीको सुरक्षा र सुशासनमा सञ्चालन गर्न आवश्यक ऐनमा परिमाजर्न गर्ने गरी अध्यादेश जारी भएको छ । गठबन्धन सरकारले सहकारीको समस्या समाधानार्थ प्रस्तुत अध्यादेश अध्ययन र विश्लेषण साथै पार्टी सहकारी विभागमा छलफल तथा विवेचना नगरिकन जारी गरेको प्रष्ट देखिन्छ ।
सहकारी ठगिको आरोपमा जेल पर्ने सहकारीका सञ्चालकहरुमा अंधिकाश नेकपा एमाले र काग्रेस निकट रहेका छन् । आफ्नै पार्टी अन्र्तगतका सहकारीकर्मी द्धारा सञ्चालित सहकारीको समस्या समाधानार्थ कुनै गतिविधि भएको देखिदैन । सरकारले सहकारीमा देखिएको विधमान समस्या समाधान गर्न मुख्यतया संसदीय सुनुवाई समितिको सुझावलाई कार्यान्वयन गर्ने अभिप्रायले अध्यादेश ल्याएको दाबी गरेको छ ।
पछिल्लो पटक सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा सहकारी क्षेत्रका हरेक पक्षहरुसंगको फरक फरक छलफल गरि तयार पारेको देखिन्छ । जँहा मूख्य दलका सहकारी विभागको राय सुझावलाई समेत महत्वका साथ संलग्न गरिएको छ । यसरी तयार पारिएको सुझावलाई कार्यान्वयन गर्न बनेको अध्यादेशमा स्वार्थ अनुकुल व्यवस्था नहुँदा पुनः तिनै प्रमुख राजनीति दलका विभागिय प्रमुखसम्म ज्ञापन पत्र बुझ्ने बुझाउने सहित पत्रकार सम्मेलन समेत गर्न तल्लिन छन् ।
सहकारीको वास्तविक समस्यालाई समाधान गर्न अध्यादेशलाई ऐनमा समाहित गरि पुन कार्यान्वयन अपरिहार्य देखिन्छ । समस्या समाधानको लागि ल्याईएको अध्यादेशमा आफू बोक्सी आफै झाँक्रीको परिपाटीलाई अन्त्य गर्दै पुर्ण सहयोगका साथ सम्पूर्ण सहकारी अभियानले स्वीकार सहित पालना गर्नुपर्ने जानकारहरुको भनाई छ ।